चाइल्ड हेल्थको भवन बनाउन एभरेष्ट बैंकद्वारा १० लाख सहयोग

काठमाडौं । एभरेष्ट बैंकले सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन बनाउन आर्थिक सहयोग गरेकोव छ । केन्द्रीय बाल अस्पताल सञ्चालनार्थ स्थापित काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थलाई अस्पताल भवन निर्माण कार्यका एभरेष्टले रु १० लाख आर्थिक सहयोग गरेकोव हो ।

सहयोग हस्तान्ततरण कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङले अस्पतालका अध्यक्ष प्राडा भगवान कोइरालालाई एक कार्यक्रमकाबीच चेक हस्तान्तरण गरे । उक्त सहयोगबाट बाल अस्पताल निमार्ण लक्ष्यमा टेवा पुग्ने र बालबालिकाले सुलभ तथा गुणस्तरीय स्वास्थ सेवा प्राप्त गर्ने विश्वास बैंकले लिएको उनले बताए । कार्यक्रममा नायब महाप्रबन्धक केशवराज पौडेल लगायतको उपस्थिति रहेको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस