माछापुच्छ्रे बैंकले पायो इन्फोसिस फिनाकल इनोभेसन अवार्ड

काठमाडौं । माछापुच्छ्रे बैंकले ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड, २०२३’ पाएको छ । बैंकले ग्राहकलाई प्रदान गर्ने डिजिटल सेवाको गुणस्तर र कारोबार संख्यामा उल्लेखनीय वृद्धि गर्दै डिजिटल बैंकिङमा योगदान पुर्‍याएको भन्दै ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड – म्यासिमाइजिङ कस्टोमर इङगेजमेन्ट जोल’ पुरस्कार प्राप्त गरेको हो ।

बहुराष्ट्रिय सूचना प्रविधि कम्पनी इन्फोसिस फिनाकल इन्डिया, बेङ्लोरले उक्त अवार्ड प्रदान गरेको हो । पछिल्ला दुई वर्षमा बैंकले आफ्नो डिजिटल सेवालाई निरन्तर परिष्कृत गर्नुका साथै उक्त सेवालाई सुरक्षित बनाउन नवीनतम कदमहरू चालेको बताइएको छ । इन्फोसिस फिनाकलले हरेक वर्ष विभिन्न १० विधामा अवार्ड प्रदान गर्दै आएको छ । यस वर्ष विश्वभरिबाट २०० भन्दा बढी कम्पनीहरू विभिन्न विधाहरूमा मनोनयनमा परेका थिए ।

माछापुच्छ्रे बैंकले हाल १६५ शाखा, १२ एक्सटेन्सन काउन्टर, १३३ शाखारहित बैंकिङ सेवा र २०३ एटीएममार्फत सेवा दिँदै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकलाई ‘हार्ड रक क्याफे’मा छुट

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले ‘हार्ड रक क्याफे’मा छुट पाउने भएका छन् । …

प्रतिकृया दिनुहॊस