हङकङमा ‘जारी’

काठमाडौं । देशभित्र ‘ब्लकबस्टर’ कमाइ गरिरहेको ‘जारी’ को कमाउने गति बढ्दै गएको छ । अहिले पनि नेपालका केही मल्टिप्लेक्समा चलिरहेको फिल्मले डायस्पोरा बजार पनि तताइरहेको छ । नेपालमा साढे १६ करोड रुपैयाँ ग्रस हाराहारीमा कमाएको फिल्मले डायस्पोरा प्रदर्शनलाई निरन्तरता दिइरहेको छ । नेपाली समुदायको बाहुल्यतामा निर्माण भएको जारी चलचित्रले हङकङमा केही दिनअघि मात्र फिल्मको प्रिमियर गरेको छ । दयाहाङ राई, मिरुना मगर र रेखा लिम्बुसहितका कलाकार उपस्थित रहेको थियो ।

तीन पटकमा नौ शोसहित चुनमुनको पेरिस–लण्डन–न्युयोर्क–मिलानो र हुङहामस्थित वाम्पो गार्डेन थिएटरमा फिल्म स्क्रिनिङ गरिएको थियो । हङकङमा पहिलोपटक कुनै नेपाली फिल्मको यति धेरै शो आयोजना भएको पहलिो पटक हो । यसअघि जारी अमेरिका, युरोप, दक्षिणसहित पूर्वी एसियाली मुलुकमा प्रदर्शन भइसकेको छ । कबड्डी फेम्ड रामबाबु गुरुङको निर्माण र उपेन्द्र सुब्बाको निर्देशन रहेको छ ।

 

बारेमा news

यॊ पनि हेर्नुहॊस

टिकटकले मनायो उज्यालोको पर्व तिहार

काठमाडौं । टिकटकले प्रकाशको पर्व मनाउने क्रममा आफ्नो ग्लोबल दीपावली अभियानको एक अंशको रूपमा नेपालमा …

प्रतिकृया दिनुहॊस