गोली लागेका लागु औषध कारोबारी भारतीय युवकलाई मनमोहन अस्पताल लगियो

काठमाडौँ । प्रहरीको गोली लागेर घाइते भएका भारतीय लागु औषध कारोबारी हेमन्तकुमार भगत (विकास)लाई थप उपचारका लागि मनमोहन अस्पतालमा लगिएको छ ।

पक्राउ गर्ने क्रममा प्रहरीलाई प्रहरीकै पेस्तोल झिकेर आक्रमण गर्न खोजपछि बाध्य भएर उनीमाथि घुँडाभन्दामुनि गोली चलाउनु परेको लागु औषध नियन्त्रण व्यरोका प्रवक्ता प्रहरी उपरीक्षक चक्रराज जोशीले बताए ।

उनका अनुसार भगतको बाँया खुट्टामा गोली लागेका उनको नसामा गोली लागेकोले बोल्न सक्ने अवस्थामा छैनन् । सुरुमा सिनामंगल स्थित केएमसीमा उपचारका लागि लागिएका उनलाई थप उपचारका लागि मनमोहन कार्डिओलोजी अस्पताल लगिएको छ ।

२७ वर्षका भारतीय नागरिक भगतले धरानको भानु चोकमा तरकारी व्यापार गर्ने गर्थे । उनी आजै काठमाडौँ आएका थिए । उनको साथबाट प्रहरीले १०० ग्राम लागु औषध खैरो हिराइनसमेत बरामद गरिएको छ । उक्त परिमाणको खैरो हिराइनको नेपाली मूल्य १० देखि ११ लाख रुपैयाँ पर्ने प्रहरीले जनाएको छ ।

उनले गिरोह बनाएर लागु औषध कारोबार गरेको थाहा पाएपछि प्रहरीले केही समयअघि बाटै उनको पिछा गरेको थियो । उनी धरानबाट प्लेनमार्फत काठमाडौँ ओर्लिएका थिए । एयरपोर्ट आगाडिएको एक होटलमा उनलाई प्रहरीले पक्राउ गर्न खोजेपछि उनी प्रतिकारमा उत्रिएका थिए ।

भगतले जोगवनी नाकाबाट डिलरको रुपमा लागु औषध कारोबार गर्ने गरेको खुलेको प्रहरीको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

रामेछाप-सिन्धुली वैकल्पिक मार्गबाट यातायात सुचारु

मन्थली । सुनकोशी नदीले रामेछाप र सिन्धुली जोड्ने खुर्कोटको पक्की पुल बगाएपछि वैकल्पिक मार्गको रुपमा …

प्रतिकृया दिनुहॊस