दुई स्कुटरमा सवार थियो चन्द परिवार, भारतमा कारले ठक्कर दिँदा चारै जना बिते

काठमाडौँ । भारतमा कारको ठक्करबाट एकै परिवारका ४ नेपालीको मृत्यु भएको छ ।  भारतको उत्तराखण्ड अन्तर्गत वनबासा नजिकैको चकरपुरमा कारले ठक्कर दिँदा एकै परिवारका ४ जनाको  मृत्यु भएको हो ।

कञ्चनपुरको उल्टाखाम घर भएका चन्द परिवारका ६० वर्षीय नेमबहादुर चन्द, उनकी पत्नी ५५ वर्षीया सरस्वतीदेवी, २७ वर्षीया बुहारी नर्मदा चन्द र भाइबुहारी ४२ वर्षीया कल्पना चन्दको मृत्यु भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । उनीहरू खटिमाको गोयल कलिनी, मुडेली बस्दै आएका थिए ।

शनिबार भएको उक्त दुर्घटनामा चारैजना बनबासा हुँदै २ वटा स्कुटरमा खटिमातर्फ गइरहेका थिए । उनीहरूलाई विपरीत दिशाबाट आइरहेको कारले ठक्कर दिएको थियो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कांग्रेसले बोलायो केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले केन्द्रीय समिति र संसदीय दलको बैठक आह्वान गरेको …

प्रतिकृया दिनुहॊस