सांग्रिला डेभलपमेन्ट बैंकले गर्‍यो स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानलाई आर्थिक सहयोग गरेको छ । बैंकले सहयोगको रूपमा प्रतिष्ठानलाई सेमी फोल्डिङ बेड, नर्मल ह्वील चियर र आइभी स्ट्याण्ड हस्तान्तरण गरेको हो ।

बिहीबार स्वास्थ्य प्रतिष्ठानको कार्यालय कोहलपुर–९, झण्डहवागाँउ, बाँकेमा बैंकका नेपालगञ्ज क्लष्टर इन्चार्ज जयन्द्र बहादुर खड्काका साथ अन्य कर्मचारीको उपस्थितिमा निर्धन उत्थान सञ्जीवनी स्वास्थ्य प्रतिष्ठानका प्रतिनिधिहरुलाई  बैंकले सहयोग गरेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री