काठमाडौँ । स्थापनाको २२ वर्ष पूरा गरी २३ औँ वर्ष प्रवेशको अवसरमा आइएमई लिमिटेडले शनिबार बिहान प्रभातफेरीको आयोजना गरेको छ । ‘निरन्तर सहयात्रा विश्वासको’ भन्ने मूल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रम कम्पनीको केन्द्रीय कार्यालय पानीपोखरीबाट सुरु भएर लाजिम्पाट, लैनचौर, उत्तरढोका, नागपोखरी, दरबारमार्ग हुँदै पुनः केन्द्रीय कार्यालयमा आएर समापन गरिएको थियो ।डिजिटल रेमिटेन्सको प्रबद्र्घन तथा रेमिटेन्स गर्दा औपचारिक माध्यमको प्रयोग सम्बन्धी सचेतना जगाउने उद्देश्यले प्रभातफेरीको आयोजना गरिएको हो । आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल तथा प्रबन्ध निर्देशक हेम राज ढकालको नेतृत्वमा गरिएको प्रभातफेरिमा ‘सुरक्षित रेमिटेन्स, सुरक्षित भविष्य’, ‘रेमिटेन्स गर्दा डिजिटल माध्यमको प्रयोग गरौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका ४०० भन्दा बढी कर्मचारीहरूको सहभागिता रहेको थियो । प्रभातफेरिमा चर्चित कलाकार तथा आइएमईका ब्राण्ड एम्बेसडर दीपकराज गिरी र दिपाश्री निरौला पनि सहभागी थिए ।प्रभातफेरीको उद्घाटन गर्दै अध्यक्ष ढकालले आइएमईलाई सबैभन्दा धेरै रेमिटेन्स भित्र्याउन कम्पनी बनाउन महत्त्वपूर्ण योगदान गर्नुहुने सम्पूर्ण सेवाग्राहीहरू, नियामक निकायहरू तथा कर्मचारीहरूलाई कृतज्ञता व्यक्त गरे । हरेक वर्ष जेठ २९ गते आइएमईले आफ्नो स्थापना दिवसको अवसरमा सचेतना मूलक प्रभातफेरी आयोजना गर्दै आएको छ ।आफ्नो स्थापनादेखि नै रेमिटेन्स सेवालाई प्रत्येक नेपालीको पहुँचसम्म पु-याउन प्रतिबद्ध यस कम्पनीले सेवा शुभारम्भको २३औँ वर्षसम्ममा नेपालका शहरी तथा ग्रामीण क्षेत्रलाई समेट्ने गरी २ सय २५ आइएमई सेन्टर सहित ७७ जिल्लाका करिब १२ हजार सब एजेन्ट र बैंक तथा वित्तीय संस्थाका शाखामार्फत विदेशमा कार्यरत नेपालीहरूले दुःख गरी कमाएको रकम छिटो, छरितो, विश्वसनीय र सुरक्षित तवरबाट देशका विभिन्न भूगोलमा रहेका आफन्तको हातमा पु-याउँदै आइरहेको छ ।
यॊ पनि हेर्नुहॊस
धैरै कर तिर्नेमा नेपाल टेलिकम, बैंकतर्फ नबिल
काठमाडौं । आर्थिक वर्ष २०८०/८१मा सबैभन्दा बढी कर तिर्ने संस्था नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल …
प्रतिकृया दिनुहॊस