नक्कली भुटानी शरणार्थी प्रकरणः आजपनि थुनछेक बहस

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा आज पनि थुनछेक बहस जारी रहनेछ । शुक्रबारसम्म सातजना अभियुक्तको थुनछेक बहस सकिएको छ ।

आज अभियुक्तमध्येका सन्दीप रायमाझीका कानुन व्यवसायीले बहस गर्नेछन् । काठमाडौं जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा थुनछेक बहस भइरहेको छ ।

शुक्रबारसम्म अभियुक्तमध्येका केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंक गुरुङ, इन्द्रजित राई र टोपबहादुर रायमाझीका कानुन व्यवसायीहरूले बहस गरेका छन् । कानुन व्यवसायीहरूले आफ्ना पक्षलाई साधारण तारेख वा सामान्य धरौट माग गरिरहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

मतगणना अन्तिमतिर पुग्दा बझाङमा एमालेले कांग्रेस उछिन्यो (मतसहित)

काठमाडौं । बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ (१)को फेरि एमालेले अग्रता लिएको छ । …

प्रतिकृया दिनुहॊस