मध्य बानेश्वरमा सामसङले गर्‍यो नयाँ सर्भिस सेन्टरको शुभारम्भ

काठमाडाैंँ । सामसङले हालै मध्य वानेश्वरमा अर्को एक नयाँ आधिकारिक सर्भिस सेन्टरको उद्घाटन गरेको छ ।

सो उद्घाटन समारोहमा सामसङ नेपालका प्रबन्ध निर्देशक सुङ जुन पार्क, निर्देशक प्रणय रत्न स्थापित, सर्भिस हेड राजन भट्टराई, आइ एम एसका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत डिकेश मलहोत्रा र आइ एम एसका सेल्स हेड कैलाश अइयर को समेत उपस्थिती रहेको थियो । सो सर्भिस सेन्टर सामसङद्वारा नेपालमा खोलिएको २१औँ रहेको छ ।

बिक्री पछिको गुणस्तर सेवा लगायत ग्राहकहरूको लागि निरन्तर रूपमा ग्राहक–मुखी सेवा प्रदान गर्ने उद्देश्यका साथ हाल सम्मै सामसङले काठमाडौँ उपत्यका भित्र ५ ओटा र उपत्यका बाहिर १५ ओटा सर्भिस सेन्टर गरी २० ओटा स्थानहरूमा पहिले देखि नै आफ्नो सेवा प्रदान गर्दै आइरहेको थियो र वानेश्वर स्थित रहेको २१ औँ सर्भिस सेन्टरबाट पनि आफ्नो ग्राहकहरूलाई भरपर्दो एवं सुलभ सेवा प्रदान गर्ने कम्पनीको विश्वास रहेको छ ।

यस वानेश्वर स्थित नयाँ सर्भिस सेन्टरमा वारेन्टी भएको र नभएको दुवै किसिमका सामसङ मोबाइल फोनहरूको मर्मत सेवा प्रदान गरिने जानकारी पाइएको छ । सो प्रारम्भित सर्भिस सेन्टरबाट वानेश्वर लगायत कोटेश्वर, चाबाहिल, वौद्ध र नजिकको क्षेत्रका ग्राहकहरूले लाभ पाउने कुरामा पनि सामसङको विश्वास छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

एमएडब्ल्यू ग्रुप फोटोन ग्लोबल अवार्ड्स २०२४ बाट सम्मानित

काठमाडौं । एमएडब्ल्यू ग्रुपले प्रतिष्ठित फोटोन ग्लोबल अवार्ड २०२४ मा दुई महत्त्वपूर्ण सम्मान प्राप्त गरेको …

प्रतिकृया दिनुहॊस