प्रेस युनियन उपत्यका प्रदेश अध्यक्षमा लिलाराज खनाल

काठमाडौं – नेपाल प्रेस युनियन उपत्यका तथा प्रतिष्ठान प्रदेशको प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल प्रेस युनियनका केन्द्रीय सभापति शिव लम्सालको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेशनले २३ सदस्यीय कार्यसमिति गठन गरेको छ ।

लिलाराज खनालको अध्यक्षतामा नवगठित कार्यसमितिको उपाध्यक्षमा पुष्कर बुढाथोकी (खुल्ला), सीता न्यौपाने (महिला) र निरज तामाङ (समावेशी) चयन भएका छन् ।

त्यस्तै महासचिवमा साइला तामाङ, सचिवहरुमा अमृत पौडेल, केशव ढुंगाना, विष्णु पन्थी चयन भएका छन् भने कोषाध्यक्षमा शंकर अर्याल र सहकोषाध्यक्षमा पूनिता झा रहेका छन् ।

त्यस्तै सदस्यहरुमा कुबेर गिरी, सम्वेग बस्नेत, दिपेन्द्र अधिकारी, रामहरि पराजुली, सुन्दर पाण्डे, कुमार भण्डारी, सिता शर्मा, सुशीला सिग्देल, मुक्तिनाथ आचार्य, तुल्सीराम भण्डारी, नवराज कार्की, दिपके घिमिरे र रमा भुर्तेल रहेका छन् ।

त्यस्तै लेखासमिति संयोजकमा नारायण अधिकारी र सदस्यहरुमा भावना हमाल र लक्ष्मी गौतम चयन भएका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा टिपर खस्दा धादिङका दुई युवाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। …

प्रतिकृया दिनुहॊस