k|ltlglw;ef a}7sdf ;f+;b yfkf sf7df8f}F, ! c;f/ M ;ª3Lo ;+;b ejg gofFafg]Zj/df a'waf/ a;]sf] k|ltlglw;ef z"Go ;dosf] a}7sdf wf/0ff /fVb} ;f;+b uugs'df/ yfkf . tl:a/ M rG›snf If]qL÷/f;;

नगरिकता विधेयक प्रमाणीकरण र रेशमलाई आममाफी दिने निर्णयविरुद्ध संघर्ष गर्छौं : गगन थापा

काठमाडौं । सत्तारुढ नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध संघर्ष गर्ने चेतावनी दिएका छन् ।

महामन्त्री थापाले पार्टी सभापति देउवाको एकल सहमतिमा सरकारले पार्टीको आधारभूत मान्यता विपरीत रेशम चौधरीलाई आममाफी दिने, नागरिकता विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नेलगायतका काम गरेको आरोप लगाउँदै त्यस्ता गतिविधिविरुद्ध संघर्ष गर्ने बताए ।

प्रेस युनियन नेपालले शुक्रबार काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले पार्टीलाई उठ्नै नदिने गरी सभापति देउवाले सरकारलाई दिएका ती सहमतिहरू आफूलाई सैह्य नहुने बताए । उनले अब पार्टी सभापति देउवाले गर्दै आएका यस्ता गलत निर्णयको संघर्ष गरेर पनि रोक्नुपर्ने भन्दै साथ दिन पार्टीको नेता, कार्यकर्तालाई आह्वान समेत गरे ।

महामन्त्री थापाले पार्टी सभापति देउवाका एकल निर्णयहरू आफूले विगतमा मान्दै आएर गल्ती गरेको उल्लेख गर्दै अब त्यस्तो गल्ती गर्ने पक्षमा आफू नरहेको पनि पटकपटक दोहोर्‍याउने बताए । काँग्रेस बदल्नुपर्ने भएकाले आफूले आफैँलाई बदल्न चाहेको उनको भनाइ थियो ।

महामन्त्री थापाले पार्टीलाई ‘दाइ’हरूको पार्टीको रूपमा नभई तल्लो तहका कार्यकर्ताहरूको पार्टीमा रूपान्तरण गर्न आफूले देशव्यापी अभियान चलाउने घोषणा समेत गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

झापामा छात्रामाथि पूर्वशिक्षकले नै गोली हानेको खुल्यो

काठमाडौं । झापाको दमकमा परीक्षा दिएर फर्किएकी छात्रामाथि गोली प्रहार गर्ने व्यक्ति प्रहरीले पत्ता लगाएको …

प्रतिकृया दिनुहॊस