ट्रेलरमा आयो ‘जय लामा’ अभिनीत चलचित्र अन्तिम संस्कार

काठमाडौं । चलचित्र ‘अन्तिम संस्कार’ आगामी ८ असारबाट रिलिज हुँदैछ । रिलिज मिति नजिकिँदै गर्दा यो चलचित्रको ट्रेलर सार्वजनिक गरिएको छ । प्रदीप शाहीको निर्देशनमा बनेको यो चलचित्रको काठमाडौँमा एक कार्यक्रमको आयोजना गरी ट्रेलर सार्वजनिक गरिएको हो ।

सार्वजनिक ट्रेलरमा चलचित्रका मुख्य पात्रहरु विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन छन् । यो फिल्मको ट्रेलरमा हराएका एक छोरीको खोजीमा बाबुले गरेको सँघर्षको कथा प्रस्तुत गरिएको छ ।

अभिनेता विजय लामाले यो फिल्मको कथावस्तु नितान्त नयाँ रहेको सो कार्यक्रममा बताए, ‘यो चलचित्र हाम्रो आफ्नो कथा हो । नेपालीहरुको कथा हो । यसमा रहस्य पनि छ । यसमा परम्परा पनि छ ।’ चलचित्रले नयाँ संस्कारसँग विषय उठाएकाले दर्शकले यसलाई मन पराउने उनले दाबी गरे । अभिनेत्री दिया पुनले कार्यक्रममा यो सिनेमामा आफ्नो भूमिका फरक रहेको जिकिर गरिन्,‘ बिगतको जस्तो नाच्ने गाउने नभएर यो चलचित्रमा एक ससक्त चरित्रमा छु ।’ उनले भनिन् ।

यो चलचित्रका निर्देशक प्रदीप शाहीले आफुले लामो समय लन्डन बस्दा सिकेको कुरालाई चलचित्रमा उतारेको बताएका छन् । यो फिल्म सामाजिक तथा सांस्कृतिक कथावस्तुमा निर्माण र एक हत्यामा केन्द्रित घटनाको रहस्यको यसको कथा घुमेको पनि उनले बताएका छन् । यो चलचित्रमा चलचित्रमा विजय लामा, दीया पुन, रेश्मा घिमिरे, एवनराज उप्रेती, त्रिचु राई, विशाल पहारी, कृष्णभक्त महर्जन, श्याम राई, पासाङ्ग लामा, बिकाश अधिकारी, सरोज खालिङ्ग राइ, सस्मिता गिरी, दिग्गज खत्री, सरोज कुमाल, धर्मानन्द आचार्य लगायतको अभिनय रहेको छ ।

साई प्रोडक्सन नेपालको ब्यानरमा ह्याम्साएर एकाउन्टेनको सहकार्य रहेको चलचित्रमा बाबु श्रेष्ठको छायाँकन, रुपेश गुरुङको सम्पादन, प्रेम खड्काको प्रोडक्सन डिजाईन छ । भाइराजा थापा, राजु कुमार गुरुङ, सुमन राई, उत्सव विष्ट, रबिन्द्र श्रेष्ठ कार्यकारी निर्माता रहेका छन् । विनोद सुवेदी क्षितिज निर्माता रहेको चलचित्र सामाजिक एवं सांस्कृतिक कथावस्तुमा निर्माण भएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिटी एक्सप्रेसले युएईमा ‘उत्सव र उमंग, सिटी एक्स्प्रेससँग’ सांगीतिक कार्यक्रम गर्दै

काठमाडाैं । सिटी एक्सप्रेस मनी ट्रान्स्फरले मे १९ मा युएईस्थित बरदुबईको एसके सेभेन क्लबमा साङगितिक …

प्रतिकृया दिनुहॊस

This will auto close after