सिटी एक्सप्रेस मनी ट्रान्सफरको सिइओमा सैंजु नियुक्त

काठमाडाैँ । सिटी एक्सप्रेस मनी ट्रान्सफरको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा निरज मान सैंजु नियुक्त भएका छन् । कम्पनीमा अनुभवी कार्यकारी अधिकृत निरज मान सैंजुको उच्च स्तरीय नेतृत्व क्षमता र कार्यानुभवले सिटी एक्सप्रेसको प्रगतिले नयाँ उचाइ लिने अपेक्षा गरिएको कम्पनीले जनाएको छ ।

४२ वर्षीय सैंजुको बैंकिङ क्षेत्रमा २० वर्षभन्दा बढी अनुभव साथै धेरै वाणिज्य बैंकहरूको फिल्ड ट्रेजरी विभागमा १५ वर्षभन्दा बढी उत्कृष्ट अनुभव रहेको बताइएको छ । क्यानडास्थित सेक्युरिटी इन्स्टिच्युटबाट सुरक्षा कोर्ष गरेका सैंजुसँग सुरक्षा र लगानीको क्षेत्रमा उल्लेखनीय ज्ञान छ ।

नवनियुक्त सिइओले आफूले कम्पनीको दिगो आर्थिक वृद्धिको लागि नेटवर्कको विश्वव्यापी पहुँच विस्तार गरी नेपालकोे सबैभन्दा ग्राहक केन्द्रित कम्पनी बनाउने विश्वास दिलाएका छन् । सिटी एक्सप्रेसले रेमिटेन्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै बिगत १६ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

कम्पनीले आन्तरिक विप्रेषण अन्तर्गत १५ हजारभन्दा बढी भुक्तानी केन्द्रहरू मार्फत सेवा प्रदान गर्दै आइरहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इक्यानलाई ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अवार्ड’

काठमाडौं । शैक्षिक परामर्श व्यवसायीहरु आबद्ध संस्था नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले ‘बेस्ट एजुकेसनल कन्सल्टेन्सी …

प्रतिकृया दिनुहॊस