oli/‘ओलीतन्त्र’ विरुद्ध एमाले कार्यकर्ता !

जड्याले जाँड खाएको बेलापनि नबोलिने कुरा संसदमा बोलियो : ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा एमालेलाई बदनाम गराउन खोजेको आरोप लगाउदै संसद चलन नदिने बताएका छन् ।

शुक्रबार पार्टीका स्थानीय तहका जनप्रतिनिधि अनुशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले माओवादीका सांसदले आफूमाथि बिना आधार भ्रष्टाचारको आरोप लगाएको बताउदै त्यसको पुष्टि हुने कुनै आधार नरहेको टिप्पणी गरेका हुन् ।

उनले पुष्टि नहुने आरोप लगाएका कारण संसद अवरुद्ध भएको भन्दै जड्याले जाँड खाएको बेलामा पनि यस्तो कुरा नबोल्ने बताए ।

उनले भने- ‘आज संसद अवरुद्ध भइरहेको छ । अस्तिका दिनमा एकजना माओवादी सांसदले बोल्दा कोभिडको औषधिमा दुई अर्ब केपी ओलीले खायो । पशुपतिमा सुनको जलहरी चढाउँछु भनेर पित्तलको चढाएर भ्रष्टाचार गर्‍यो भनेर एक जना सांसदले बोले । त्यसै विषयमा पुष्टि हुने कुनै आधार छैन । त्यसैले संसद अवरुद्ध हुनैपर्छ । यस्तो बकबास, एउटा जड्याले जाँड खाएको बेला पनि त्यस्तो कुरा बोल्दैन । संसद जस्तो गरिमामय ठाउमा यस्तो बकबास बोलियो ।’

माओवादीका सांसद लेखनाथ दाहालले बुधबार ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर पित्तल लगाएको आरोप लगाएका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

कक्षा १२ को परीक्षा दिएर फर्केकी छात्रामाथि गोली प्रहार, अवस्था गम्भीर

काठमाडौं । झापाको दमकमा शुक्रबार दिउँसो गोली चल्दा एक छात्रा घाइते भएकी छिन् । हिमालय …

प्रतिकृया दिनुहॊस