आरोप पुष्टि नभएसम्म संसद् चल्न दिँदैनौँ : सुवास नेम्वाङ

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरूले प्रतिनिधिसभा बैठक नाराबाजी गरे । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै उठेर विरोध जनाएका एमाले सांसदहरू अहिले रोष्ट्रम घेरेर नाराबाजी गरेका हुन् ।

पशुपतिनाथको मन्दिरमा सुनको जलहरी भनेर पित्तलको राखेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार गरेको आरोप सत्तापक्षका सांसदले लगाएको भन्दै उनीहरूले सरकारले जवाफ दिनुपर्ने माग गर्दै नाराबाजी गरिरहेका हुन् । जेठ १० गते माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले पशुपतिमा लगाइएको जलहरी सुनको नभई पित्तलको भएको आरोप लगाएका थिए ।

एमालेले शुक्रबारको बैठकमा त्यसको जवाफ मागेका हुन् । उनीहरूको नाराबाजीपछि सभामुख घिमिरेले एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ र प्रमुख सचेतक पदम गिरीलाई बोल्न समय दिए ।

उनीहरूले सरकारले जवाफ नदिएसम्म बैठक चल्न नसक्ने बताए । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले प्रमुख प्रतिपक्ष दलका नेतामाथि लगाइएको आरोप पुष्टि नभएसम्म संसद् चल्न नदिने जिकिर गरेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री