कांग्रेस सभापतिसँग सेयर लगानीकर्ताका छ बुँदे माग

काठमाडौं । सेयर लगानीकर्ताले पुँजी बजार सुधारका लागि नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवासमक्ष छबुँदे ज्ञापनपत्र बुझाएका छन् । बिहीबार लगानीकर्ताका विभिन्न संस्थाका प्रतिनिधिले पुँजी बजारको विद्यमान अवस्था अवगत गराउँदै ज्ञापनपत्र बुझाएका हुन् ।

लगानीकर्ताहरूले खुलारूपमा नयाँ ब्रोकर लाइसेन्स, नयाँ स्टक एक्सचेन्ज र कमोडिटी एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रिया कार्यान्वयन गर्न, सेयर कर्जामा लगाइएको एक सय ५० प्रतिशतको जोखिम भारित औसतलाई शतप्रतिशत कायम गर्न, १२ करोडको सीमा हटाउन, दीर्घकालीन र अल्पकालीन लगानीकर्तालाई क्रमशः तीन र पाँच प्रतिशत पुँजीगत लाभकर कायम गर्न, एकल अंकमा ब्याजदर कायम गर्न तथा तरलता समस्या समाधान गर्न माग गरेका छन् ।

त्यसैगरी विद्यमान ब्याजदर उच्च हुन गई लगानी निरुत्साहित हुन गएकाले उक्त ब्याजदरमा पुनरावलोकन गरी एकल अंकमा कायम गर्न र तरलता समस्याले देशको अर्थतन्त्रमा नकारात्मक अवस्था सिर्जना हुन गएकाले समस्या तत्काल समाधानको व्यवस्था गर्न पनि उनीहरूले माग गरेका छन् ।

राष्ट्र संघ संयोजक सिंगरले दिगो विकास लक्ष्य र स्तरोन्नति विशेष चासोको विषय रहेको भन्दै लक्ष्य हासिल गर्न स्तरोन्नतिबाट नकारात्मक प्रभाव न्यूनीकरणका लागि महासंघको भूमिका प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सुनको मूल्य आज पनि घट्यो

काठमाडौं । नेपाली बजारमा साताको तेस्रो कारोबार दिन मंगलबार पनि पहेंलो धातु सुनको मूल्य घटेको …

प्रतिकृया दिनुहॊस