रुकुम पश्चिममा जिप दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुग्यो

काठमाडौं । रुकुम पश्चिमको बाँफीकोट गाउँपालिका–८ मा जिप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ ।

दुलीबाट खलंगातर्फ जाँदै गरेको लु १ ज १७४७ नम्बरको जिप सडकबाट ४०० मिटर तल खसेर दुर्घटना हुँदा एक आमाछोरासहित पाँच जनाको मृत्यु भएको अस्थायी प्रहरी पोस्ट बिउनटाकुराले जानकारी दिएको छ ।

दुर्घटनामा मृत्यु हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का ७७ वर्षका कर्ण बाठामगर, ४८ वर्षका देउचन खत्री र २३ वर्षकी शितला कुसारी, बाँफीकोट गाउँपालिका–८ कि २२ वर्षकी रेखा खनाल केसी र उनको २२ दिनका छोरा रोशन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ ।

१५ जना सवार दुर्घटनामा गम्भीर घाइते भएका ४ जनाको नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा उपचार भइरहेको छ । गम्भीर घाइते हुनेमा रुकुम पश्चिमको सानीभेरी गाउँपालिका–५ का २ वर्षका प्रशिद्ध कुसारी, सोही ठाउँका २० वर्षकी अनिता केसी, २२ वर्षका ललित बाठा मगर, ४० वर्षका प्रेम बाठा मगर रहेका छन् ।

त्यस्तै ७ जना घाइतेको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको छ । जसमध्ये एक जना डिस्चार्ज भएको प्रहरीले जनाएको हो ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

डडेल्धुरामा टिपर खस्दा धादिङका दुई युवाको मृत्यु

डडेल्धुरा । डडेल्धुरामा ट्याक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ। दुईजना घाइते भएका छन्। …

प्रतिकृया दिनुहॊस