काठमाडौँ । दुवै खुट्टा नभएरपनि विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका हरि बुढामगरलाई बधाई दिइएको छ । बालुवाटारस्थित सभामुख निवासमा सभामुख देवराज घिमिरे र उपसभामुख इन्दिरा राना मगरले बुढामगरलाई बधाई दिएका हुन् ।
बुढामगरलाई स्वागत गर्दै उनीहरूले नेपाल र नेपालीलाई विश्वभर चिनाएको भन्दै प्रशंसा व्यक्त गरे । रोल्पाको थवाङस्थित मिरुल घर भई बेलायती सेनामा रहँदा सन् २०१० मा अफगानिस्तानको लडाइँमा दुवै खुट्टा गुमाएका बुढामगरले यही जेठ ५ गते विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहण गरेका थिए ।
तपाईंको प्रतिकृया




