जाजरकोटमा बाल संवेदनशील पत्रकारिता तालिम सम्पन्न

काठमाडौँ । बालबालिकाहरूको गोपनीयता र मर्यादाको सम्मान गर्न जिल्ला सदरमुकाममा तीन दिने बाल संवेदनशील पत्रकारिता तालिम सम्पन्न भएको छ । खलङ्गा स्थित आरआर भेरी ग्रिन गेष्टहाउसको सभाहलमा सोमबारदेखि सुरु भएको बाल संवेदनशील पत्रकारिता तालिम गत बुधबार सम्पन्न भएको हो ।

बालबालिकाहरूको स्नायु शक्तिमा प्रतिकुल असर पार्ने खालका कुनै पनि फोटो, भिडियो र समाचारहरू पत्रकारहरूले प्रकाशन तथा सम्प्रेषण गर्न नहुने भन्ने विषयमा तीन दिनसम्म चलेको बाल संवेदनशील पत्रकारिता तालिम केन्द्रित रहेको थियो । बाल बालिकाकै क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आएकी पत्रकार कल्पना शर्मा उक्त तीन दिने तालिमको प्रमुख प्रशिक्षक रहेकी थिइन् ।

उनले बाल विकासका पक्षहरूमा शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकासहरू पर्ने बताइन् । प्रमुख प्रशिक्षक शर्माले पत्रकारहरू बजारमा बिकाऊ हुने समाचारको खोजीमा दौडिन नहुने भनाई राखेकी थिइन् । उनकाअनुसार प्रविधिको प्रयोग र सामाजिक सञ्जालको उपभोगले बाल सुलभमा प्रतिकुल प्रभाव पार्दै गएको छ ।

बाल न्याय सम्पादन गर्न कानुनले नै फरक व्यवस्थापन गरेको तालिमका प्रशिक्षक तथा जिल्ला न्याधिवक्ता रत्न प्रकाश गिरीले भनाई राखे । बालबालिका सम्बन्धीका कुनै पनि मुद्दा हेर्नका लागि बाल इजलासको व्यवस्था गरेको उनको भनाई छ ।

निमित्त प्रमुख जिल्ला अधिकारी तथा तालिमका प्रशिक्षक हरिचन्द्र शर्मालेले बाल मनोविज्ञान, सामाजिक सोसाइटी, सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोगका विषयमा गम्भीर बनेर काम गर्नुपर्ने बताए । उनकाअनुसार अहिलेको प्रविधि र सामाजिक सञ्जालले नागरिक पत्रकारिता अगाडी बढेको छ । निमित्त प्रजिअ शर्माले नागरिक न्याय तथा न्यायाधीश बन्ने चलन पनि बढेकोमा चिन्ता व्यक्त गरे ।

जाजरकोट जिल्लामा बाल निगरानी कक्षको व्यवस्था हुन नसकेको बताउँदै नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भीमबहादुर सिंहले अझैपनि नागरिक अधिकार स्थापित गर्नका लागि पत्रकारहरूले कलम चलाउनुपर्ने अवस्था रहेको भनाई राखेका थिए । तीन दिनसम्म चलेको तालिममा ३० जना भन्दाबढि जिल्लाका पत्रकारहरू सहभागी रहेको थियो ।

तालिम नेपाल पत्रकार महासंघ जाजरकोट शाखाको समन्वयमा पहाडी क्षेत्र विकास अभियान, जाजरकोट आयोजनाले गरेको थियो । सेभ द चिल्ड्रेनले आर्थिक सहयोग गरेको तालिमबाट दीक्षित भएका जिल्लाका पत्रकारहरूले बालबालिकाहरूको सर्वोत्तम हितमा निरन्तर रूपमा कलम चलाउने आयोजक संस्थाले अपेक्षा राखेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री