अज्ञात रोगबाट भीमफेदीका ३० जना कैदीबन्दी बिरामी

काठमाडाैँ । मकवानपुरको भिमफेदीमा रहेको कारागारका ३० जना बन्दीहरू अज्ञात रोगबाट बिरामी परेका छन् । सोमबार ३० जना कैदीबन्दी एकैपटक बिरामी परेका हुन् ।

मकवानपुरको भीमफेदी गाउँपालिका–३ मा रहेको कारागारको ‘क’ ब्लकमा रहेका कैदीबन्दीमा ज्वरो आउने, काँप्ने, पेट दुख्ने र शरीर कमजोर भएको महसुस हुने समस्या देखिएको कारागार प्रशासक तीर्थ पौडेलले जानकारी दिए । कारागार प्रशासक पौडेलका अनुसार बिहान १० जना बिरामी भएपछि नजिकैको स्वास्थ्य केन्द्रमा उनीहरूको उपचार गरिएको थियो ।

दिनभर बिरामीको संख्या बढेपछि अहिले गाउँपालिका र स्वास्थ्य केन्द्रको सहयोगमा कारागारमै उपचार गरिरहेको पौडेलले बताए । प्रशासक पौडेलका अनुसार दुई जना डाक्टरसहित आठजना स्वास्थ्यकर्मी अहिले कैदीबन्दीको उपचार गरिरहेका छन् । केही कैदीबन्दीले मानिस नै नचिनेको प्रतिक्रिया दिएपछि थप उपचारका लागि जिल्ला स्वास्थ्य कार्यालयसँग सहयोग मागेको उनले बताए । उक्त ब्लकमा तीन हप्ता अगाडि एकजना बन्दीको मृत्यु भएको थियो । त्यसपछि उनीहरूमा मनोसामाजिक समस्या देखा परेको हुनसक्ने बताइएको छ ।

विषाक्त खानाका कारण बिरामी भएको आशंकामा स्वास्थ्य परीक्षण गर्दा यस्तो नकारात्मक नतिजा नआएको पौडेलले बताए । इलाका प्रहरी कार्यालय भिमफेदी मकवानपुरले कैदीबन्दी बिरामी भएको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जनाएको छ ।

विभिन्न मितिमा सजाय तोकी कारागारमा रहेको विभिन्न मुद्दाका २९ जना कैदीबन्दीहरूलाई अचानक झाडा पखाला लागी बिरामी भएकाले निजहरूको सोही कारागारमा जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरबाट २ जना डक्टर, ४ सहयोगी र प्राथमिक स्वास्थ्य केन्द्र भिमफेदी मकवानपुरबाट १ जना डक्टर, ४ सहयोगी गरी जम्मा ११ जनाको टोलीले आवश्यक औषधीसहित खटिएर सबै बिरामीलाई स्लाइन पानी दिई उपचार गराई रहेको इप्रका भिमफेदीले जनाएको छ । कारागारमा हाल १ हजार १०८ जना कैदीबन्दी रहेका छन् ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

आफ्नो अधिकार प्राप्तिका लागि संघर्ष गर्नु पर्ला । स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च हुनेछ । शैक्षिक क्षेत्र पनि कमजोर रहने देखिन्छ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस