नेपाल इन्भेष्टमेन्ट मेगा बैंक र उपायबीच समझदारी

काठमाडाैँ । नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेड र उपाय सिटि कार्गो प्रालिबीच उपायमा आवद्ध ड्राइभर पार्टनरहरुलाई आधुनिक बैंकिङ सहित बीमा लगाएतका सुविधाहरु प्रदान गर्ने सम्बन्धी एक समझदारी पत्रमा हस्ताक्षर भएको छ।

यस समझदारी बमोजिम उपायमा आवद्ध ड्राइभर पार्टनरहरुका लागि आधिकारीक बैंकको रुपमा नेपाल इन्भेष्टमेन्ट मेगा बैंक रहनेछ।

बैंकले कर्पोरेट बेनिफिट सेभिङ एकाएन्ट (एसबीसीबीएस) योजना अन्तर्गत ड्राइभर पार्टनरहरु सहज भुक्तानीको सुविधा सहितको शून्य शेषी खाता जसमा ७ लाख सम्मको दुर्घटना मृत्यु बीमा, रु १५ हजारसम्मको औषधि उपचार सुविधा र रु ३५ हजार सम्मको अस्पताल उपचार सुविधा प्रदान गर्नेछ।

यो समझदारी अनुरुप नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले उपायको सहकार्यमा ड्राइभर पार्टनरहरुलाई वित्तीय साक्षरता अभिवृद्धी, आधुनिक बैंकिङ सुविधाको प्रयोगमा सरलता लगाएतका अन्य विषयमा आवश्यक तालिम तथा अभिमुखिकरण गर्दै जानेछ जसले गर्दा सम्पूर्ण यातायात क्षेत्रमा नै वित्तीय साक्षरता तथा आधुनिक बैंकिङको उपयोगिता थप सहजता हुनेछ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस