काठमाडाैँ । प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान प्रतिवेदन बुझाएको छ ।
सरकारी वकिलको कार्यालयमा सोमबार प्रतिवेदन बुझाएको र आफूहरूले अध्ययन थालेको सरकारी वकिल कार्यालय प्रमुख अच्युतमणी न्यौपानेले बताए । जिल्ला प्रहरी परिसर काठमाडौँले ५७ दिन अनुसन्धान गरेपछि प्रतिवेदन तयार गरेको हो ।
नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै करोडौँ असुली गर्ने प्रयासमा ३२ जनालाई तत्काल प्रतिवादी बनाउन प्रहरीको राय छ। अन्य केहीको पनि संलग्नता देखिएको प्रहरीको निष्कर्ष छ ।
उनीहरूको बारेमा थप अनुसन्धान गरेर पूरक अभियोगको बाटो प्रहरीले राखेको छ। प्रहरीले ठगी, संगठित अपराध, लिखतसम्बन्धी कसुर लगायतमा मुद्दा चलाउन राय दिएको छ ।
तपाईंको प्रतिकृया




