महालक्ष्मी विकास बैंक २९ औं वर्षमा प्रवेश

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेड २९ औं वर्षमा प्रवेश गरेको छ । ७ जेठमा २९ औं वर्षमा प्रवेश गरेको अवसरमा बैंकले देशभरका १०३ वटा शाखाहरुमार्फत विविध कार्यक्रम आयोजना गरेको जनाएको छ । रक्तदान कार्यक्रम, वित्तीय साक्षरता लगायतका विविध कार्यक्रम आयोजना गरेको छ ।

बैंकले देशभरका शाखाहरु मार्फत देशको भौगोलिक र सांस्कृतिक अवस्थाको उजागर गर्न कर्मचारीहरुलाई स्थानीय भेषभूषामा बैंकमा उपस्थित गराएर साँस्कृतिक कार्यक्रम सञ्चालन गरेको जनाएको छ ।

वार्षिकोत्सवको अवसरमा बैंकले २० जेठदेखि महालक्ष्मी कर्पोरेट क्रिक्रेट लिग–२०२३ आयोजना गर्ने भएको छ । २२ जेठसम्म सञ्चालन हुने प्रतियोगितामा १६ टिमको सहभागिता रहने बैंकले जनाएको छ ।

वार्षिकोत्सव कार्यक्रममा शुभकामना मन्तव्य दिंदै बैंकका प्रमुख कार्यकारी अधिकृत बोधराज देवकोटाले ग्राहकवर्ग, शुभचिन्तक, नियामक निकाय एवं सेयरधनीहरुको विश्वास, स्नेह, सद्भाव र मार्गनिर्देशनको लागि धन्यवाद दिए । उनले ग्राहकको सन्तुष्टि र संस्थागत सुशासन आत्मसात् गर्दै भविष्यमा अझ सरल, सहज र विश्वसनीय बैंकिङ सेवाको पहुँच सबै नेपाली जनतामा पु¥याउने प्रतिबद्धता समेत व्यक्त गरे ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल एसबिआई बैंकको शाखा कार्यालय स्थानान्तरण

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत आर्थिक सहयोगका साथै दुई शाखा कार्यालय स्थानान्तरण …

प्रतिकृया दिनुहॊस