लडाकु शिविरको भष्टाचार राज्यमाथिको खुलेआम लुट थियो : महासचिव पोखरेल

काठमाडौँ । प्रमुख प्रतिपक्षी नेकपा एमालेका महासचिव शंकर पोखरेलले तत्कालीन माओवादी लडाकु शिविरको घोटाला प्रकरण भ्रष्टाचार मात्र नभई राज्यमाथिको खुलेआम लुट भएको बताएका छन् ।

महासचिव पोखरेलले सामाजिक सञ्जाल फेसबुकमार्फत माओवादी लडाकु शिविर प्रकरणमा ७–८ हजारको हाराहारीमा रहेका लडाकुहरुलाई ३२–३३ हजार पुर्‍याएको कुरा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आफैंले बोलेको अडियोमा रहेको र त्यो सामाजिक सञ्जालमा सुरक्षित रहेको बताएका छन् ।

‘वास्तविक लडाकु ७–८ हजारमध्ये केहीलाई शिविरमा राखेर अरु बाँकीलाई वाईसिएलका रुपमा राजनीतिक रुपमा परिचालित गरेको तथ्य अहिले माओवादीवाट बाहिरिएका धेरैले बोल्ने गर्दछन्,’ पोखरेलले लेखेका छन्, ‘शिविरमा रहेकाहरुले बुझ्ने गरेको भत्ताको चेक उनीहरुका कमाण्डरले खोसेर राख्ने गरेको कुरा त्यहाँ बस्ने लडाकुहरु धेरैले धेरै पटक उठाएको कुरा हो ।’

अनमिनले प्रमाणिकरण गरेकाहरुमध्ये धेरैजसो समायोजनमा नगएर स्वेच्छिक अवकाश रोजेर राज्यबाट ठूलो रकम प्राप्त गरेको उनले बताएका छन् । जसकारण लडाकुका नाममा राज्यलाई अनुचित आर्थक भार परेको उनले बताएका छन् ।

प्रचण्ड अझै पनि ठूलो स्वरमा हुँकार दिइनै रहेको र लडाकु शिविरमा कुनै भ्रष्टाचार भएको छैन, अनियमितता भएको छैन भन्दै आएको उनले लेखेका छन् । ‘हो नि लुकेर गरेको भए पो भ्रष्टाचार र अनियमितता हुन्थ्यो । त्यो राज्य माथिको खुलेआम लुट थियो, डकैती थियो । अनि माओवादीका सुप्रिमोहरुलाई लागिरहेको पनि होला खुलेआम लुट र डकैतीलाई भ्रष्टाचार भन्न मिल्छ र ?’, प्रश्न गर्दै पोखरेलले लेखेका छन्, ‘तर नेपाली जनताले शान्तिका नाममा ती सबै कुरालाई आजसम्म सहदै आएका छन् । सत्य यही हो ।’

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

इलाम-२ : सुहाङको मत १४ हजार नाघ्यो, मुढाले कटायो ८ हजार

काठमाडौं । इलाम-२ को उपनिर्वाचनको जारी मतगणनामा एमाले उम्मेदवार सुहाङ नेम्वाङको अग्रता कायमै छ । …

प्रतिकृया दिनुहॊस