हेटौंडामा पिकअपले ठक्कर दिँदा दुई बर्षीय बालकको मृत्यु

काठमाडाैँ ।मकवानपुरको हेटौंडा उपमहानगर ११ मा पिकअप गाडीले ठक्कर दिँदा एक बालकको मृत्यु मृत्यु भएको छ ।

आज बिहान हेटौंडा–११ को नमुना चोक स्थित भित्री सडक खण्डमा सिमलटारबाट हेटौंडा बजारतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००१ च १५९७ नम्बरको बोलेरो पिकअप गाडीले ठक्कर दिँदा बालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा सुमि डिङ्डुङको २ वर्षीय छोरा समर लो रहेका छन् । गाडीको ठक्करबाट गम्भीर घाइते भएका समरलाई उपचारको लागि हेटौंडा अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरी नियन्त्रणमा रहेको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

उपत्यकालगायत मुख्य सहरमा घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा सुरु भएको वर्षासँगै काठमाडौँ उपत्यका लगायतका मुख्य सहरको वायु प्रदूषण …

प्रतिकृया दिनुहॊस