भीम रावलको तर्क- दोषी जोगाउन षड्यन्त्र भए इतिहासले माफी दिने छैन

काठमाडौँ । नेकपा एमालेका नेता डा. भीम रावलले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानमा चासो देखाएका छन् । उनले सामाजिक सञ्जालमार्फत अनुसन्धानमा फितलो हुनसक्ने भन्दै चासो देखाएका हुन् ।

नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाउने अपराधमा संलग्नलाई जोगाउन खोज्नेलाई इतिहासले माफ नदिने उनको भनाई छ । ‘राजनीतिक वा प्रशासनिक तहको व्यक्तिले त्यसो गरेमा देश र जनताप्रति गद्दारी, शहीदको रगतको अपमान, संविधान, कानुन र शासन प्रणाली मिच्ने अपराधिक कर्म हुनेछ, इतिहासले माफी दिने छैन,’ नेता रावलले भनेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री