नयाँ र पुराना पार्टीको भाष्य खडा गर्न खोजिएकाे छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले एमाले विचारको जगमा खडा भएको जीवन्त पार्टी भएको दावी गरेका छन् । अहिले नयाँ र पुराना पार्टीहरुको भाष्य खडा गर्न खोजिएको भन्दै उनले भविष्यको योजनासहित काम गर्ने पार्टीहरु कहिल्लै पुराना नहुने टिप्पणी गरेका छन् ।

बिहान सामाजिक सञ्जालमा लेख्दै महासचिव पोखरेलले समाजवाद एमालेको लक्ष्य रहेको र जबजको मार्गदर्शनमा समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा समाजवाद निर्माणको एमालेको बाटो रहेको उल्लेख गरेका छन् । मार्क्सवाद र जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेको पार्टी यथास्थितिवादी हुन नसक्ने बताउँदै उनले यो निरन्तर गतिशिल प्रवाहमा अघि बढ्ने गरेको बताए ।

नेता पोखरेलले तत्कालीन समयमा माओवादी केन्द्रसँगको पार्टी एकतासंगै पार्टीमा वैचारिक राजनीतिक काम हुन नसकेको, संगठनात्मक अराजकता बढेको र परिणाम स्वरुप यसको गति केही कमजोर बनेको स्मरण गराएका छन् । ‘माओवादी केन्द्रसँगको पार्टी एकतासँगै यो पार्टीमा वैचारिक राजनीतिक काम हुन सकेन । संगठनात्मक अराजकता बढेर गयो । परिणाम स्वरुप यसको गति केही कमजोर बनेको थियो । संगठनात्मक अराजकताले यसको एकिकृत शक्ति घट्न पनि पुगेको थियो’ महासचिव पोखरेलले भनेका छन् ।

उनले पार्टीको मिसन ग्रासरुट अभियानले गतिहिनता तोडेको र नयाँ गतिको आधार सिर्जना गरेको तथा एकीकृत शक्ति निर्माणको जग तयार पारेको बताएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री