खाँणलाई पार्टीबाट निलम्बन गर्न माग गर्दै नेविसंघको प्रदर्शन

काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था, नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रदर्शन गरेको छ । नेविसंघ त्रिचन्द्र क्याम्पस इकाईले ‘भ्रष्ट्राचारविरुद्ध शून्य सहनशीलता’ भन्ने नारासहित प्रदर्शन गरेको हो ।

उनीहरूले कैदीको भेषमा सांकेतिक रूपमा विरोध प्रदर्शन गरेका हुन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा देशको उच्च अधिकारीहरूसमेत परेका कारण अनुसन्धान प्रभावित हुनसक्ने भन्दै उनीहरूले अनुसन्धान प्रभावकारी बनाउन दबाब दिएका छन् ।

उनीहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्रीसमेत रहेका कांग्रेस केन्द्रीय समिति सदस्य बालकृष्ण खाँणलाई किन पार्टीबाट निलम्बन नगरेको भन्दै सभापति शेरबहादुर देउवालाई प्रश्न गरेको छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री