काठमाडौं । राष्ट्र बैंकले आज बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिका अनुसार विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको छ । विप्रेषण आप्रवाह २४.२ प्रतिशतले वृद्धि भएर ९०३ अर्ब ३९ करोड रुपैयाँ पुगेको वताएकाे छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको ९ महिनाको तथ्यांकका अाधारमा रेमिट्यान्स २४.२ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.२ प्रतिशतले घटेको थियो ।
वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत-नयाँ) लिने नेपालीको संख्या ५१.५ प्रतिशतले वृद्धि भई ३ लाख ८७ हजार ८३९ पुगेको छ ।
तपाईंको प्रतिकृया




