सल्यानमा विषादी सेवनबाट बालकको मृत्यु

काठमाडाैँ । सामान्य घरायसी विवादाम विषादी सेवन गरेर सल्यानमा १२ वर्षीय बालकको ज्यान गएको छ । जिल्लाको बाग्चौर नगरपालिका- ४ लौराबाङ्ग घर भएका १२ वर्षीय रविन पुनको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी सन्तोष खनालका अनुसार आफ्नै बारीमा काम गर्ने क्रममा आमा र दाइसँग सामान्य विवाद हुँदा पुनले शनिबार बेलुकी घरमा आएर विषादी सेवन गरेका थिए ।

विषादी सेवन गरेर घरको शौचालयमा बहोस अवस्थामा भेटिएका पुनको नेपालगन्जस्थित भेरी अञ्चल अस्पतालमा उपचार गर्ने क्रममा आइतबार बिहान मृत्यु भएको सूचना अधिकारी खनालले बताए । बालक पुनको मृत्यु भएपछि अहिले घटनाको अनुसन्धान भइरहेको सूचना अधिकारी खनालको भनाइ छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

rashifal/यस्तो छ आजको पञ्चाङ्ग र राशिफल

आज कुन-कुन राशिलाई शुभ ? (पञ्चाङ्गसहित)

विपरीत वर्ग प्रति आकर्षण बढ्नेछ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ । सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । राशिफल जे जस्तो भएपनि तपाईंको दिन मङ्गलमय रहोस् ।

प्रतिकृया दिनुहॊस