महालक्ष्मी विकास बैंकद्वारा प्रहरी र विद्यालयलाई भाैतिक सामाग्री सहयोग

काठमाडौं । महालक्ष्मी विकास बैंकका शाखाले स्वास्थ्य प्रतिष्ठान, नेपाल प्रहरी तथा विद्यालयलाई भौतिक सामाग्री सहयोग गरेको छ । आइतबार बैंकको नेपालगंज शाखाद्वारा कोहलपुर नगरपालिकास्थित निर्धन उत्थान सञ्जिवनी स्वास्थ्य प्रतिष्ठानलाई ‘सिमी अटो वायोक्यामिस्ट्र एनालाइजर मसीन’ हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।

स्वास्थ्य प्रतिष्ठान बाकेंका अध्यक्ष पूर्णिमा शाहीलाई बैंकका प्रदेशिक प्रबन्धक खगेन्द्र बहादुर साउद र नेपालगञ्ज शाखाका शाखा प्रवन्धक बिन्दु प्रसाद शर्माले संयुक्त रुपमा हस्तान्तरण मसिन हस्तानतरण गरेका हुन् । बैंकको डल्लु र ठमेल शाखाद्वारा जिल्ला प्रहरी परिसर, टेकु, काठमाडौंलाई ब्यारिकेट, कोन तथा गोप्रो क्यामरा हस्तान्तरण गरिएको समेत जनाइएको छ ।

परिसर, टेकुका प्रहरी बरिष्ठ उपरिक्षक धन बहादुर कार्कीलाई डल्लु शाखाका शाखा प्रवन्धक आशिष बहादुर धमला र ठमेल शाखाका शाखा प्रवन्धक युधिरमान सिंहले संयुक्त रुपमा सामाग्री हस्तान्तरण गरेका हुन् ।विरगंज शाखाले विरगंज महानगरपालिका स्थित सिद्धार्थ माध्यामिक विद्यालयलाई ६ थान स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको बैंकले बताएको छ । विद्यालय व्यवस्थापन समितिका सदस्य शिव शंकर पटेललाई बैंकका मधेस प्रदेशका प्रादेशिक प्रबन्धक सुदिप चन्द« पोखरेल र विरगंज शाखाका शाखा प्रवन्धक पुरुषोत्तम अधिकारीले संयुक्त रुपमा टेलिभिजन हस्तान्तरण गरेका हुन ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस