काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आज कानुन व्यवसायीहरूसँग छलफल गर्ने भएका छन् । उनले दिउँसो नागरिकता विधेयकलाई कसरी अगाडि बढाउने भन्नेबारे व्यवसायीहरूसँग छलफल गर्ने भएका हुन् ।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले संवैधानिक व्यवस्था विपरीत दुवै सदनबाट पास भएको सो विधेयकलाई ‘होल्ड’ गरेकी थिइन् । राष्ट्रपति पौडेलले तत्कालीन राष्ट्रपतिले रोकेको विधेयक प्रमाणीकरण गर्न सक्ने बताइन्छ । शनिबार प्रधानमन्त्री र कानुन व्यवसायीहरुबीच यही विषयमै छलफल पनि भएको थियो ।
विधेयक अघि बढाउने निर्णय अहिलेको सरकारले गरेको छ । प्रधानमन्त्री प्रचण्ड नेतृत्वको वर्तमान सरकारले पूर्णता पाएको ६ महिनाभित्र टुङ्गो लगाउने न्यूनतम साझा कार्यक्रममा उल्लेख छ ।
तपाईंको प्रतिकृया




