देशभर थप ९१ जनामा कोरोना पुष्टि

काठमाडौं । पछिल्लो २४ घन्टामा देशभर थप ९१ जनामा कोरोना पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार गत २४ घन्टामा गरिएको २५३२ नमूना परिक्षणमा उक्त संख्यामा कोरोना पुष्टी भएको हो ।

मन्त्रालयका अनुसार उक्त अवधिमा ५९ जना कोरोनामुक्त भएका छन् । त्यस्तै उक्त अवधिमा देशभर ३८९४ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । अहिलेको अवस्थामा देशभर २२० जना सक्रिय संक्रमित रहेको पनि मन्त्रालयले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री