प्रचण्डले दम्भ देखाए, गठबन्धन कुनै पनि बेला तोडिन सक्छ : माधव नेपाल

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले पार्टीलाई बेवास्ता गरिएको बताएका छन् । सुर्खेतमा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले प्रधानमन्त्री प्रचण्डले दम्भ देखाए गठबन्धन कुनै पनि बेला तोडिन सक्ने चेतावनी दिए । ‘हाम्रो पार्टीलाई पूरै बेवास्ता गरिएको छ । सरकारमा एकलौटी गर्न खोजिएको छ,’ उनले भने, ‘यो राम्रो होइन । गठबन्धन टिकाउने कुरा भइरहेको छ, तर हामीलाई बाइपास गरेर पीडा दिइएको छ ‌। यसले गठबन्धन धरापमा पार्न सक्छ ।’

भ्रष्टाचारका सबै खालका विकृतिबाट टाढा रहने र अरू पार्टीका नेताभन्दा भिन्न देखिन पनि उनले पार्टीका नेता कार्यकर्तालाई निर्देशन दिए । उनकाअनुसार सत्ता गठबन्धनले देश र जनताको पक्षमा काम गरोस् भन्ने अपेक्षा छ । नेकपा एस समृद्धिको अभियानमा रहेको अध्यक्ष नेपालको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री