रवि लामिछानेका सवारी चालक शम्भु थापाको निधन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका चालकको निधन भएको छ । चितवनस्थित लामिछानेको घरको छतबाट खसेर घाइते भएका चालक दिलबहादुर थापाको मंगलबार मेडिसिटी अस्पतालमा मृत्यु भएको हो ।

थापा छतबाट खसेको कारण बारे भन्ने प्रहरीले अनुसन्धान गरिरहेको र अहिलेसम्म कारण सार्वजनिक गरिएको छैन । थापाको टाउकोमा लागेका चोटका कारण पूर्ण रूपमा अचेत थिए र उनलाई मेकानिकल भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।

थापाको शवलाई पोस्टमार्टमका लागि पाटन अस्पताल लगिने भएको छ । पाटन अस्पतालमा पोस्टमार्टम भएपछि मात्रै उनको शव अन्तिम संस्कारका लागि परिवारलाई बुझाइनेछ ।

भरतपुर-११ स्थित लामिछाने बस्ने गरेको घरमा सुतेका सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३ घर भएका ३९ वर्षीय थापा यहि बैशाख ४ गते बिहान ४ बजेतिर छतबाट खसेका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री