काठमाडौँ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले प्रदेश सभाबाट विश्वासको मत पाएका छन् । १४ वैशाखमा मुख्यमन्त्री नियुक्त भएका चौधरीले मंगलबार प्रदेश सभामा विश्वासको मत पाऊँ भन्दै राखेको प्रस्तावको पक्षमा बहुमत पाएका हुन् ।
चौधरीको उक्त प्रस्तावको पक्षमा ५३ मत र विपक्षमा २९ मत परेको छ । संघीय सरकारको सत्ता गठबन्धनमै रहेका देशहरु मिलेर लुम्बिनीमा नयाँ सरकार गठन गरेका हुन् ।
नेपाली कांग्रेसका तर्फबाट मुख्यमन्त्री बनेका चौधरीलाई माओवादी केन्द्र, नागरिक उन्मुक्ती पार्टी, जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसदले समेत विश्वसाको मत दिएका छन् । उनको प्रस्तावको विपक्षमा भने नेकपा एमालेका सांसदले मतदान गरेका हुन् ।
तपाईंको प्रतिकृया




