भवानी राणालाई अवार्ड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी पूर्वअध्यक्ष भवानी राणालाई वल्र्ड बुक अफ रेकर्डले एसियन म्यागनम अवार्ड २०२३ बाट सम्मान गरेको छ । भारतको इन्दोरमा आयोजित एक कार्यक्रमबीच राणालाई उक्त सम्मान गरिएको हो ।

गत शनिबार राणाको संयोजकत्वमा भारतको मध्य प्रदेशका उद्योगी व्यवसायीसहित बिजनेस मिट पनि सम्पन्न भएको थियो । नेपाल र मध्य प्रदेशबीच खाद्य प्रशोधन, मल, जडीबुटी, ठूला पूर्वाधार निर्माण सामग्री र धार्मिक पर्यटनको क्षेत्रमा सहकार्य गरेर अघि बढ्न सकिने विषयमा कार्यक्रम केन्द्रित रहेको थियो । राणाले बिजनेस मिटको प्रमुख अध्यक्षता गर्नुभएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप