काठमाडौं । आर्थिक वर्ष २०७९/८० लाई विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन वर्षका रूपमा मनाउने नेपाल राष्ट्र बैंकको अभियानसँगै मुक्तिनाथ विकास बैंक लिमिटेडले सबै शाखा कार्यालय र केन्द्रीय कार्यालयका कर्मचारीहरूको साथमा शुक्रवार र शनिवार ग्राहकमा वित्तीय साक्षरता पुर्याउन र बैंकिङ सेवासुविधाको जानकारी दिन देशभर बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैलो कार्यक्रम गरेको छ ।
बैंकको बृहत् वित्तीय साक्षरता, विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन तथा घरदैला कार्यक्रम देशभरका विभिन्न विद्यालय, कलेज, समुदाय केन्द्रहरू तथा अन्य सार्वजनिक स्थलमा गरिएका छन् ।
‘जनता बैंकमा हैन, बैंक जनतामा जानुपर्दछ’ भन्ने मूल नारा बोकेको बैंकले नारालाई मनन् गर्दै घरदैलो कार्यक्रम आयोजना गरेको हो । बैंकले आयोजना गरेको कार्यक्रममा बैंकका अध्यक्ष, सञ्चालक समितिका सदस्यहरू, प्रमुख कार्यकारी अधिकृत, उच्च व्यवस्थापनसहित अन्य सम्पूर्ण कर्मचारी र केही संस्थापक शेयरधनीको सहभागिता रहेको थियो ।
वित्तीय साक्षरता तथा घरदैलो कार्यक्रम राख्दै बैंकले विद्यार्थी, जनमानस तथा ग्राहकमा बैंकका विभिन्न सेवाबारे घरमै गएर वा एक स्थानबाटै जानकारी गराउँदा उपस्थित सबै सहभागीले बैंकिङ सेवा तथा विद्युतीय भुक्तानी कारोबार प्रवर्द्धन सम्बन्धी जानकारी पाउने विश्वास बैंकले लिएको जनाइएको छ । कार्यक्रमबाट बैंकको नाम मात्र नभई बैंकिङ क्षेत्रबारे पनि साक्षरता बढ्ने बैंकको धारणा छ ।
बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्न विकास बैंकको एटीएम कार्ड प्रयोग गरी नेपालभर रहेका भिसा नेटवर्कमा आवद्ध अन्य जुनसुकै बैंकको एटीएम मशिनबाट निःशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।
प्रिपेड डलर कार्ड, मोबाइल बैंकिङ, क्यूआर कोड, अनलाइन कर्जा आवेदन, अनलाइन खाता खोल्ने, इन्टरनेट बैंकिङ, खातामै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ (बचत सेवाका लागि ९८०१११००२२, कर्जा सेवाको लागि ९८०१११००२३) जस्ता सेवाहरू बैंकको शाखामा भौतिक रूपमा उपस्थित नभई घरबाटै उपयोग गर्न सकिने व्यवस्था गरेको बैंकले जनाएको छ ।
मुक्तिनाथ विकास बैंकले गर्यो वित्तीय साक्षरता (तस्बिरहरु)
तपाईंको प्रतिकृया




