बढी विप्रेषण भित्र्याएको हिमालयन बैंकलाई राष्ट्र बैंकको सम्मान

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो ६८औँ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको एक समारोहका बीच वाणिज्य बैंकहरु मध्ये सबै भन्दा बढी विप्रेषण भित्र्याउन सफल भएकोमा हिमालयन बैंक लिमिटेडलाई सम्मानित गरेको छ ।

सो समारोहमा सम्मान स्वरुप नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शमशेर राणालाई प्रशंसापत्र हस्तान्तरण गरेका छन् ।

हिमालयन बैंकले आ.व. २०७८-७९ मा देशमा भित्रिएको कूल विप्रेषणको १६.९० प्रतिशत रकम भित्र्याउन सफल भएकोमा सो सम्मान हासिल गरेको हो ।

करिब दुई दशक देखि आफ्नो विप्रेषण सेवा “हिमालरेमिट” मार्फत ग्राहकहरुलाई समयानुकूल सेवा–सुबिधा प्रदान गरी अग्र स्थानमा रहँदै आएको छ । बैंकले संसार भरि अवस्थित १२५ भन्दा बढी व्यावसायिक साझेदारको सञ्जाल मार्फत प्रिमियम अनलाइन ग्राहक केन्द्रीत प्रविधिमा आधारित आधुनिक प्रणालीबाट आफ्नो विप्रेषण सेवा संचालन गर्दै आएको छ ।

हाल बैंकले देश भरि फैलिएका हिमालरेमिटका १८,००० भन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत विदेशबाट आप्रवाह भएका विप्रेषणको सरल र सहज रुपमा भुक्तानी गर्दै आएको छ भने बैंकले देश भरि रहेका १८९ शाखाहरु, २० वटा विस्तारित काउन्टर र २६३ भन्दा बढी ए.टि.एम हरुबाट आफ्ना ग्राहकवर्गहरुलाई सेवा पनि प्रदान गर्दै आएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

माछापुच्छ्रे् बैंकले मनायो २४औँ वार्षिकोत्सव

काठमाडौँ । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो २४औँ वार्षिकोत्सव विविध सामाजिक उत्तरदायित्वका कार्यक्रमहरू सहित मनाएको छ …

प्रतिकृया दिनुहॊस