संघीय संसद्का दुवै सदनको बैठक

काठमाडौं । आज दुबै सदनको बैठक डाकिएको छ । संघीय स‌सद् भवन, बानेश्वरमा अपरान्ह १ बजे प्रतिनिधिसभा बैठक बस्दैछ ।

 

यसअघि संसदीय सुनवाइ समितिमा सदस्यहरू मनोनयन गर्ने, सत्य निरूपण तथा मेलमिलाप आयोगका लागि विशेष समिति गठन गर्ने तथा संवैधानिक परिषद् सबन्धी ऐन पारित गर्ने लगायतका कार्यसूची राखेर बैठक बोलाइएको थियो ।

तर, मुख्यतः संवैधानिक परिषद् ऐनमा प्रधानमन्त्रीलाई बिशेषाधिकारसहित राखेर नयाँ प्रस्ताव ल्याएपछि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले आपत्ति जनाउँदा बिद्येयक कार्यसूचीबाट हट्न पुगेको थियो । यसअघि माथि उल्लेखित प्रमुख विषय नै समावेश नगरी बैठक बसेको थियो ।

यस्तै आजै राष्ट्रियसभाको बैठक पनि बस्दैछ । बैठक दिउँसो ४ बजेका लागि बोलाइएको संसद सचिवालयले जानकारी दिएको छ । बिहीबारका लागि बोलाइएको बैठक विशेष कारण देखाउँदै आजसम्मका लागि स्थगित भएको थियो ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री