महानगरले शिल गर्‍यो बालाजुस्थित घरको सटरमा सञ्चालित पेट्रोल पम्प

काठमाडौं । काठमाडौं महानगरपालिकाले बालाजुको एक पेट्रोल पम्पमा शिल गरेको छ । महानगरको नगर प्रहरीले बिहीबार बालाजुमा रहेको कोतः धुकु पेट्रोल पम्प शिल गरेको हो ।

मापदण्ड विपरित घरको सटरमा पेट्रोल पम्प सञ्चालन गरेको भन्दै महानगरले पेट्रोल पम्पमा शिल गरेको नगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । उक्त पेट्रोल पम्प घरको सडकपेटीमा सञ्चालन भइरहेको थियो ।

जसको कारण पेट्रोल भर्नेहरुको लाइनले सडक जाम हुने गरेको थियो । अदालतको स्टे अर्डर हुँदा हुदै पनि महानगरले पेट्रोल पम्पमा शिल गरेको पम्पका सञ्चालकले आरोप लगाए ।

 

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री