एसीसी प्रिमियर कप : साउदीसँग अंक बाँडेसँगै नेपाल सेमिफाइनलमा

काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत नेपाल र साउदी अरबबीचको खेल वर्षाका कारण रद्द भएको छ । मूलपानी (माथिल्लो) मैदानमा बिहान ९ बजे सुरु हुनुपर्ने खेल भारी वर्षासँगै टस नहुँदै खेल रद्ध भएपछि नेपाल र साउदी अरबले अंक बाँडेका हुन् ।

दुई टीमले १-१ अंक बाँडेसँगै नेपालले सेमिफाइनलमा स्थान बनाएको छ । नेपालले तीन खेलबाट ५ अंक जोडेको छ । भने, समान खेलबाट ४ अंकसहित ओमान दोस्रो स्थानमा रहेको छ ।

समान खेलबाट २ अंक जोडेको मलेसिया तेस्रो स्थानमा छ । भने,चौथो स्थानमा रहेको साउदीको पनि २ अंक छ । यो समूहमा कतारले भने अंक जोड्न सकेको छैन । अब नेपालले अन्तिम खेल १४ वैशाखमा कीर्तिपुर मैदानमा कतारसँग खेल्नेछ । यो खेल जितेको अवस्थामा नेपाल समूह विजेता बन्नेछ ।

कीर्तिपुर मैदानमा समूह बी अन्तर्गत हङकङ र बहराइनबीचको खेल पनि वर्षाका कारण अहिलेसम्म टस हुन सकेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री