तनहुँ-१ : स्वर्णिमसँगको मतान्तर घटाउँदै गोविन्द

काठमाडौँ । तनहुँ-१ मा आइतबार भएको प्रतिनिधि सभा सदस्य उपनिर्वाचनको मतगणना जारी छ । पछिल्लो विवरणअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार मत कटाएका छन् । उनले अहिलेसम्म ११ हजार ४२८ मत प्राप्त गरेका हुन् ।

वाग्लेलाई पछ्याइरहेका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ६ हजार ४६५ मत ल्याएका छन् । यसअघि दोब्बर मतले पछाडि रहेका भट्टराईले पछिल्लोपटक भने वाग्लेसँगको मतान्तर घटाएका छन् । अहिले उनी र वाग्लेबीचको मतान्तर ४ हजार ९६३ रहेको छ ।

तेस्रो स्थानमा रहेका नेकपा एमालेका सर्वेन्द्र खनालले ३ हजार ७४७मत प्राप्त गरेका छन् । तनहुँ-१ मा आइतबार भएको उपनिर्वाचनमा ६३ हजार ७ सय ५७ मत खसेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री