सन्दीपविरुद्धको मुद्धा न्यायाधीश दीपक ढकालको एकल इजलासमा

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्धको मुद्दाको सुनुवाइ हुदैँछ । नाबालिका माथी बलात्कारको आरोप लागेका लामिछानेको मुद्धाको सुनवाई काठमाडौं जिल्ला अदालतमा हुन लागेको हो ।

सन्दीपविरुद्धको मुद्धाको पेशी न्यायाधीश दीपक ढकालको एकल इजलासमा परेको छ । यो मुद्धा चार नम्बरमा रहेको छ । चिकित्सकसहित दुई जना सरकारी साक्षीको बकपत्र सम्पन्न गरेको अदालतले लामिछानेको मुद्धालाई आज पेशीमा राखेको हो ।

गत साता दुवै सरकारी साक्षीको बकपत्र भएपछि सोमबारका लागि पेशी तोकिएको हो । सर्वोच्च अदालतले लामिछानेको मुद्धालाई प्राथमिकतामा राखेर फैसला दिन आदेश दिए पनि जिल्ला अदालतले भने अझै फैसाला दिन सकिरहेको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री