सिद्धार्थ बैंकद्वारा नेपाल आँखा अस्पताललाई आर्थिक सहयोग

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडले काठमाडौँको त्रिपुरेश्वरमा अवस्थित नेपाल आँखा अस्पताललाई सहयोग गरेको छ । बैंकले आँखा शल्यक्रियाको लागि रु. पाँच लाख बाह्र हजार पाँच सय रूपैयाँ आर्थिक सहयोग प्रदान गरेको हो ।

सो रकम बैंकका तर्फबाट त्रिपुरेश्वर सर्कल अफिस प्रमुख अजय सिंह भण्डारीले नेपाल आँखा अस्पतालका अध्यक्ष डा. गोपाल प्रसाद पोखरेललाई हस्तान्तरण गरे ।

बैंकबाट प्राप्त उक्त सहयोग रकम नेपाल आँखा अस्पतालले काभे्रपलाञ्चोक, धादिङ्ग, नुवाकोट र रसुवा जस्ता दुर्गम क्षेत्रका मोतिबिन्दु रोगीहरुको पहिचान गरि उहाँहरुको आँखा शल्यक्रिया गर्नका लागि उपयोग गर्ने जनाइएको छ ।

सो सहयोगबाट आर्थिक स्थिति कमजोर भएर मोतिबिन्दु रोगको उपचार गर्न नपाइरहेका विरामीहरुको दृष्टि सुधार गर्न मद्दत पुग्ने विश्वास बैंकले लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेपाल बैंकले ल्यायो उत्कृष्ट कर्जा योजना

काठमाडौँ । नेपाल बैंक लिमिटेडले सर्वाधिक न्युन ब्याजदर ७.७० मा ‘ने.बै.लि. सर्वसुलभ आवास कर्जा’ ल्याएको …

प्रतिकृया दिनुहॊस

This popup will auto close in : seconds