दुर्घटनामा गम्भीर घाइते कीर्तिपुरका वडाध्यक्ष अधिकारीको निधन

काठमाडौँ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको छ । नयाँ वर्षको दिन दुर्घटनामा परेर गम्भीर घाइते भएका अधिकारीको निधन भएको हो ।

चम्पादेवी मन्दिरमा वैशाख १ गते लाग्ने मेलाबाट फर्किँदै गर्दा उनका साथी मनोज बुढाथोकीले चलाएको बा ८३ प ९४४८ नम्बरको मोटरसाइकल दुर्घटना भएको थियो । कीर्तिपुर-४ पुष्पलाल पार्कस्थित ओरालोमा भएको दुर्घटनापछि गम्भीर घाइते भएका उनको अन्नपूर्ण न्युरो अस्पतालमा उपचार भइरहेको थियो ।

उपचारकै क्रममा आइतबार बिहान निधन भएको कीर्तिपुरकी उपप्रमुख सुनिता शाक्यले जानकारी दिइन् । अधिकारी गत वर्ष भएको चुनावमा स्वतन्त्र उम्मेदवार बनेर वडाध्यक्ष निर्वाचित भएका थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री