उपनिर्वाचन : राति १२ बजेबाट मौन अवधि, प्रचार गर्न नपाइने

काठमाडौं । उपनिर्वाचनको मौन अवधि आज राति १२ बजेबाट सुरु हुने भएको छ । निर्वाचन आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले राति १२ बजेबाट प्रचारप्रसार गर्न नपाइने जानकारी दिए ।

‘उपनिर्वाचनको प्रचारप्रसार वैशाख ७ गते राति १२ बजेसम्म मात्रै गर्न पाइन्छ । त्यसपछिको अवधि प्रचार गर्न नपाइने अवधि हो’, उनले भने । चुनाव हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न पाइँदैन । आउँदो वैशाख १० गते बारा क्षेत्र नम्बर २, चितवन क्षेत्र नम्बर २ र तनहुँ क्षेत्र नम्बर १ मा उपनिर्वाचन हुँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

गृहमन्त्रीले संसद्‌मा भने- ‘मलाई जेल हाल्न बहुमत पुग्यो होला, अब जेल हाल्नुहोस्’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेलेले यो …

प्रतिकृया दिनुहॊस