नेवि संघ गन्तव्यतर्फ उन्मुख छ : पूर्व केन्द्रीय अध्यक्ष महर

काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा नेपाल विद्यार्थी संघका पूर्व केन्द्रीय अध्यक्ष नैनसिंह महरले नेपाली विद्यार्थी संघ गन्तव्य तर्फ उन्मुख रहेको बताएका छन् । बुधबार नेपाल विद्यार्थी संघ शंकरदेव क्याम्पस इकाई समितिले नेपाल विद्यार्थी संघको ५४ औ स्थापना दिवसको अवसरमा आयोजना गरेको शुभकामना तथा नव निर्वाचित स्ववियू पदाधिकारीहरूलाई बधाई कार्यक्रममा महरले सो कुरा बताएका हुन् ।

उनले पछिल्लो समय उच्च शिक्षा र रोजगारीका नाम विदेश पलायन हुने युवाप्रति लक्षित गर्दै सबै विदेशमा रहेका युवाहरूलाई नेपाल फर्किने वातावरण बताउनु पर्नेमा जोड दिए । नेपाल विद्यार्थी संघ नेपाल र नेपाली जनताको हक हितका लागि  स्थापना भएको चर्चा गर्दै सम्पूर्ण युवा जनशक्तिलाई देश मै स्वरोजगारको ग्यारेण्टी गर्न संघको गन्तव्यमा रहेको पूर्व अध्यक्ष महरले बताए । सबैको पहुँचमा शिक्षा रोजगारीको सुनिश्चित गर्दै नेपाललाई सक्षम नेपाल निर्माण बनाउन नेपाली काँग्रेस अग्रसर रहेको जिकिर गर्दै सबैको नेपालमै सम्भावना रहेको दाबी गरे ।

नेपाल विद्यार्थी संघ शंकर देव क्याम्पस इकाई समिति अध्यक्ष विवेक लामा घिसिङको अध्यक्षतामा भएको कार्यक्रममा पूर्व स्ववियू सभापति शुभराम बस्नेत, नेवि संघका पूर्व सह–महामन्त्री प्रेमराज जोशी, पूर्व केन्द्रीय सदस्यहरू प्रेम शाही, गीता गुरुङ, सम्झना खत्री, विद्यार्थी नेता एसमान विष्ट लगायतले शुभकामना तथा बधाई मन्तव्य व्यक्त गरेका थिए भने कार्यक्रमको सञ्चालन स्ववियू सहसचिव भुवन ओझा र इकाई सदस्य जेनिसा कार्कीले गरेका थिए ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अस्थिरताबाट देशलाई जोगाउन एमाले र कांग्रेस एक ठाउँमा : प्रवक्ता महत

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता एवं पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले मुलुकलाई अस्थिरताबाट जोगाउन कांग्रेस-एमाले मिलेको …

प्रतिकृया दिनुहॊस