काठमाडौं । मलेसियामा जारी आइसीसी टी-२० वर्ल्डकप एसिया रिजनल क्वालिफायर ग्रुप बी मा नेपालले आज मलेसियासँग खेल्दैछ । क्वालिफायरमा दुवै टोली अपराजित रहेका छन् ।
३ खेल खेलेको थाइल्याण्ड दुई जित र एक बराबरीपछि ५ खेलबाट अंक तालिकामा शीर्ष स्थानमा छ । लगाता दुई खेल जितेको नेपाल सिंगापुर समान ४ अंक जोडेपनि रनरेटमा पछि रहदै तेस्रोमा छ । थाइल्याण्डको लागि यो चौथो र नेपालको तेस्रो खेल हो । यसअघि नेपालले म्यानमार र मलेसियालाई समान ८ विकेटले पराजित गरिसकेको छ ।
नेपाल र थाइल्याण्डबीचको खेल दिउँसो नेपाली समयअनुसार १२:१५ बजे क्वालालम्पुरस्थित बायुमास ओभल मैदानमा हुनेछ। नेपालले सअघिका दुवै खेल सोही मैदानमा खेलेको थियो । नेपालले मंगलबार भुटासँग चौथो खेल खेल्नेछ धने बुधवार चीनसँग पाँचौ र शुक्रवार सिंगापुरसँग अन्तिम खेल खेल्नेछ ।
एसियाका पूर्वी क्षेत्रका ७ राष्ट्रले प्रतिस्पर्धा गरिरहेको समूह बी बाट शीर्ष तीन स्थानमा रहने टोली एसियाकै दोस्रो चरणको क्वालिफायरमा प्रवेश गर्नेछ । जहाँ एसियाका ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ र शीर्ष दुई टोली ग्लोबल क्वालिफायरमा प्रवेश गर्नेछन् ।
ग्लोबल क्वालिफायरमा कूल १४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् र त्यसबाट ६ टोली सन् २०२० मा अष्ट्रेलियामा हुने टी-२० वर्ल्डकपमा छनोट हुनेछन् । आइसीसीको शीर्ष १० वरीयतामा रहने १० राष्ट्र भने स्वत छनोट हुनेछन् ।




