जग्गाको कित्ताकाट खुला गर्ने सरकारको निर्णय

काठमाडौँ । सरकारले जग्गाको कित्ताकाट खुला गरेको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको सरकारकी प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले बताइन् । ‘भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय भएको छ,’ उनले भनिन् ।

सरकारले उक्त नियमावली नबन्दा घरजग्गा कारोबारमा कित्ताकाट तथा अंशबण्डा रोकिएको थियो । त्यसलाई सहज बनाउनको लागि मन्त्रिपरिषद्ले भू–उपयोग पहिलो संशोधन नियमावली २०७९ स्वीकृति गर्ने निर्णय गरेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री